भारतको महाराष्ट्रमा रोजगारीका लागि पुगेका एक नेपाली युवाको विभत्स हत्या

भारतको महाराष्ट्रमा रोजगारीका लागि पुगेका एक नेपाली युवाको विभत्स हत्या

  • मङ्लबार, माघ ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

कैलालीको लम्कीचुहा–६ वावनपुरका एक युवकको भारतको महाराष्ट्रमा हत्या भएको छ ।

रोजगारीको सिलसिलामा भारत महाराष्ट्रको आलिबागमा बस्दै आउनुभएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरुले हत्या गरेको आशङ्का गरिएको मृतककी आमा पार्वती कामीले बताउनुभयो ।

गत पुस २६ गते रोजगारीको सिलसिलामा भारतको आलिबागमा रहेका छोराको बीभत्स हत्या गरिएको भन्दै आमा उहाँले वावनपुर घर भई आलिबागमा बस्दै आएका सागर विक, टोपु विक, मनोज विक र सन्तोष बादीको नाममा किटानी जाहेरी दिनाका साथै यही माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग ठाना प्रहरीमा पनि उजुरी दिएको बताउनुभयो । हत्यामा संलग्न टोपु विक र मनोज विक सहोदर दाजुभाइ हुन् । छोराको मृत्युको खबर सुनेपछि गत पुस २७ गते नेपालबाट आफू भारत गएको र हत्या नै भएको पुष्टि भएपछि किटानी जाहेरी दिएको पार्वतीले जनाउनुुभयोे ।

उहाँले भन्नुभयो, “छोरासँगै होटेलमा काम गर्ने नातामा मामा पर्ने सागर विकले छोराको हत्या भएको जानकारी दिएपछि हामीले थाहा पायौँ । केही समयपछि सामाजिक सञ्जालमा छोराको फोटा र भिडियो पनि बाहिरिएको थियो । फोटा र भिडियोमा पनि प्रस्टरुपमा हत्या भएको देखियो । घटनापछि भारतमा पुग्दा र घटनास्थलमा बुझ्दा नेपाल घरमा फोन गरेर हत्या भएको जानकारी दिने सागर विक नै हत्यामा संलग्न रहेको पाइयो ।”

उहाँले भन्नुभयो, “जुन दिन रातिको समयमा हत्या भयो त्यही दिन दिउँसो घरमा छोराले फोन गरेको थियो । आफू सन्चै रहेको र तलब आएपछि पैसा पठाइदिन्छु भनेको थियो । अर्को दिन त छोराको हत्या भएको खबर सुनियो ।” एउटा मात्र छोराको बीभत्सरुपले हत्या गरिएकाले दोषीलाई कारबाही गरी न्याय दिलाउन पार्वतीले नेपाल सरकारसँग अनुरोध गर्नुभयो ।

हत्या भएको भनिएको दिन सबै केटाहरु छोरा कमलकै कोठामा बसेका रहेछन् ।सँगै खानपिन गरेको र विवाद पनि भएको भन्ने सुनिएको र रातिको समयमा उसका साथीहरुले नै हत्या गरी फरार भएको घटनाले देखाएको छ । एक वर्षअघि काम गर्न भनेर सिमला पहाड गएको भाइ पछि आलिबाग गएको करिब दुई महिनापछि हत्या भएको दिदी सपना विकले बताउनुभयो ।

आफूले छोराको शव राम्ररी हेरेको र बीभत्स अवस्थामा शव भेटिएको थियो । पूरै चिरिएको शरीरमा पन्चिङका निशानहरु देखिन्थे । ठाउँठाउँमा रगत र नीलडाम देखिन्थ्यो । शरीरको माथिल्लो भागको कपडा निकालेर खुट्टा उल्टा पारी मुख र घाँटी च्यापेको, सेतो कपडाको डोरीले घाँटी कसेर हत्या गरेको शव नजिकबाट देखेका एक भारतीय नागरिकले समेत हत्या नै गरिएको बताएका थिए ।

घटनापछि भारत पुग्नुभएका रमेश विकले मृतकको घाँटीमा गहिरो घाउ देखिएकाले कमलको हत्या नै भएको आशङ्का गर्नुभयो ।

उहाँले भन्नुभयो, “कमलको हत्या गरिसकेपछि आफैँ आत्महत्या गरेको हो भन्ने देखाउनका लागि कोठाको पङ्खाको एउटा पातामा मात्र डोरी बाँधिएको थियो । जसबाट आत्महत्या गर्न सम्भव छैन । हत्या गरेर कोठाबाट बाहिर निस्केर फरार हुने बेलामा उनीहरुले ढोका आफैँ बन्द गरेको प्रस्ट देखिन्छ । त्यो ढोकामा इन्टर लक भएकाले हत्या गर्नेहरुले नै ढोका बन्द गरेको बुझिन्छ ।”

प्रहरी घटनास्थलमा पुग्दा ढोकाको इन्टरलक तोडेको र ढोकाबाहिर ताला लागेको भिडियो सामाजिक सञ्जालमा आएको हरिषचन्द्र विकले बताउनुभयो । शव उल्टो र दुवै खुट्टा खुम्चेको अवस्थामा थियो । शरीरमा जताततै नीलडाम हुनाले पनि हत्या भएको प्रस्ट भएको र कमलकै कोठामा बसेका साथीहरुले नै हत्या गरेको बुझिएकाले उनीहरुको नाममा जाहेरी दिएको आमा पार्वतीले बताउनुभयो । “उहाँले भन्नुभयो, न्यायका लागि भारतमा सजिलो अवस्था नेपालीका लागि रहेनछ । दोषीलाई पक्राउ गरी कारबाही गर्न र पीडित म एकल महिला र मेरो छोराको न्यायका लागि सहयोग गरिदिन भारतमा रहेका नेपाली दाजुभाइ, सङ्घसङ्गठन, भारत सरकार र नेपाल सरकारसँग अनुरोध गर्दछु ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी