आज मन्त्रीपरिषद् विस्तार हुँदैः १ बजे शपथ ग्रहण

आज मन्त्रीपरिषद् विस्तार हुँदैः १ बजे शपथ ग्रहण

  • मङ्लबार, माघ ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

माघ ३ काठमाण्डौँ । सत्तारुढ दलहरुले मन्त्रालयको भागवण्डा टुंग्याएलगत्तै आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ हुने छ ।

दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, ४ मन्त्री र एक राज्यमन्त्री पाउने छ।

त्यस्तै, नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाएको छ ।

राष्ट्रिय प्रजातान्त्र पार्टीले पनि ३ मन्त्रालय पाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बन्ने भएका छन्। साथमा सहरी विकास र खेलकुद मन्त्रालय राप्रपाको भागमा परेको छ।

जनता समाजवादी पार्टीलाई २ मन्त्रालय दिने निर्णय भए पनि ऊ सहमत भएको छैन। सरकारसँग असन्तुष्ट जसपाले आजै पदाधीकारी बैठक बोलाएर नयाँ निर्णय लिने संभावना रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ