चीन भ्रमणमा जाने रास्वपा प्रतिनिधिमण्डललाई रविको निर्देशन: ‘उद्देश्यमा केन्द्रित हुनुस्, आचारसंहिता पालना गर्नुस्’

चीन भ्रमणमा जाने रास्वपा प्रतिनिधिमण्डललाई रविको निर्देशन: ‘उद्देश्यमा केन्द्रित हुनुस्, आचारसंहिता पालना गर्नुस्’

  • शनिबार, कार्तिक २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 19
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चीन भ्रमणमा जान लागेको आफ्नो पार्टीको टोलीलाई भ्रमणको मुख्य उद्देश्यमा केन्द्रित रहन र तोकिएको आचारसंहिता पूर्ण रूपमा पालना गर्न निर्देशन दिएका छन्।

भ्रमणको पूर्वसन्ध्यामा सभापति निवासमा आयोजना गरिएको छलफल कार्यक्रममा लामिछानेले चीन भ्रमणलाई उपलब्धिमूलक र फलदायी बनाउन भ्रमण टोलीका सदस्यहरूलाई आवश्यक मार्गनिर्देशन दिएका हुन्।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार सभापति लामिछानेले चीन भ्रमणका क्रममा नेपाल-चीन सम्बन्ध, द्विपक्षीय हित तथा पार्टीको एजेन्डालाई केन्द्रमा राखेर प्रभावकारी सहभागिता जनाउन निर्देशन दिएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गते चीनतर्फ प्रस्थान गर्दैछ।

भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सांसदहरू गणेश पराजुली, हरि ढकाल, मुख्य सचेतक कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी रहेका छन्।

टोलीले भ्रमणका क्रममा चीनका विभिन्न पर्यटकीय, राजनीतिक तथा विकास निर्माणका क्षेत्रहरूको अवलोकन गर्नुका साथै सिपिसीका नेताहरूसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ