माघ २ काठमाण्डौँ । सरकार विस्तारका लागि मन्त्रालयको भागबण्डा टुंगो लगाउन उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ । वालुवाटारमा जारी बैठकमा सरकारमा सहभागी सबै दललाई मन्त्रीहरुको नाम बुझाउन भनिएको छ ।
स्रोतका अनुसार सबै भन्दा धेरै मन्त्रालय एमालेको भागमा पर्नेछ । त्यसपछि माओवादीको भागमा पर्नेछ भने रास्वपाले तीन र जसपा र राप्रपाले दुई दुई मन्त्रालय पाउनेछन् । लोसपाले पनि एक मन्त्रालय पाउनेछ । यस्तै नागरिक उन्मुक्ति पार्टी र जनमत पाटी्र्रले पनि एक एक वटा मन्त्रालय पाउने छन् ।
आज मन्त्रालयको भागबण्डा टुगिंए भोली मन्त्रीपरिषद् विस्तार हुनेछ ।
यस अघि आजै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष एवं उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीसँग लामो छलफल गरी मन्त्रालयको भागबण्डामा सहमति गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline