माघ २ काठमाण्डौँ । नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ ले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको सचिवालयले जानकारी दिएको छ।
चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीज्युलाई बधाई, नयाँ बर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वका लागि राजदूत मार्फत धन्यवाद ज्ञापन गरेका छन् ।
प्रचण्डले रास्ट्रपति सि जिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
सोङ केही दिन अघि मात्रै नेपाल आएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline