विमान दुर्घटनामा महेन्द्रनगर निवासी आमाछोरा अस्थाए, भट्ट परिवारमा बज्रपात

विमान दुर्घटनामा महेन्द्रनगर निवासी आमाछोरा अस्थाए, भट्ट परिवारमा बज्रपात

  • आइतवार, माघ १, २०७९
  • डम्मर दत्त भट्ट

  • 2.5K
    SHARES

कञ्चनपुर, १ माघ । आइतबार पोखरामा भएको विमान दुर्घटनामा परी कञ्चनपुर महेन्द्रनगर निवासी आमाछोराको निधन भएको छ । यती एयसलाईन्सको ९ एनएएनसी जहाज दुर्घटना दुर्घटनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका भट्ट परिवारका आमाछोराको निधन भएको हो ।
महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी सञ्जिवचन्द्र भट्टकी धर्मपत्नी ५० बर्षिया सुष्मा पाण्डे९भट्ट० र कान्छा छोरा १६ बर्षिया स्लक भट्टको निधन भएको छ । ४ चालक दलका सदस्य सहित ६८ यात्रु बोकेर काठमाण्डौँदेखि बिहान १०ः २५ मा पोखराका लागि उडेको हवाईजहाज १०ः५८ मा दुर्घटना भएको थियो । उक्त जहाजमै महेन्द्रनगरका स्थानीय सुष्मा र स्लक पनि सवार थिए । महेन्द्रनगरमा पशुपति ईम्पोरियमका संचालक सञ्जिवचन्द्र भट्टका कान्छा छोरा स्लक यस बर्ष मात्रै उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौँ गएका थिए ।
मृतक सुष्माका कान्छा ससुरा यज्ञराज भट्टले महेन्द्रनगरको सार्कबाट ०७८ सालमा एसईई उर्तिण गरेर उच्च शिक्षा अध्ययनका लागि स्लक यही बर्ष काठमाण्डौँ गएको बताए । स्लक कक्षा ११ मा काठमाण्डौँको सेन्टजेभिएस विद्यालयमा अध्ययनरत थिए ।
‘भजित सञ्जिवचन्द्रका जेठा छोरा आर्शिवाद पनि उतै काठमाण्डौँमै अध्ययन गर्दै आएका छन, ‘उनले भने, ‘यस बर्ष कान्छो नाती पनि अध्ययनका लागि उतै गएको थियो, उनीहरुलाई हेरचाह गर्नका लागि बुहारी सुष्मा पनि काठमाण्डौँ नै गएकी थिईन । केही दिन पहिले ५ पुषमा भतिजा सञ्जिव पनि घरबाट उतै९काठमाण्डौँ० गएका थिए ।’
सञ्जिवका बहिनी ज्वाँई प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी तत्तकालिन गण्डकी प्रदेश प्रहरी प्रमुखमा कार्यरत थिए । सञ्जिवकी बहिनी दिपा भट्ट९जोशी०पनि उतै पोखरामा बस्ने भएकाले माघीका लागि उनीहरुले निम्तोदिए पछि सञ्जिव २८ पुषमै काठमाण्डौँबाट पोखरा गएका थिए । ‘नाती स्लकको विद्यालयको आन्तरिक परीक्षा ३० पुषमा सकियो, नाती र बुहारीपनि आइतबार बिहानै उडेका थिए, उता सञ्जिव श्रीमती र छोराको पखाईमा थिए, एक्कासी जहाज दुर्घटनाको खबरले स्तब्ध नै बनायो ।’ अब नाती र बुहारीको सास पाईने आश छैन । लाशै पाईएपनि हुन्थो ।’ सञ्जिवचन्द्रका जेठी छोरी निधी भट्ट डाक्टर र कान्छी छोरी युक्त भट्ट ईन्जिनियर हुन । भने जेठा छोरा आर्शिवाद भट्ट पनि आईएस्सी अध्ययन गर्दैछन । अकल्पनी खबरले देशै रुवाईरहेका बेला भट्ट परिवारमा बजप्रात भएको छ । सञ्जिवचन्द्रका सन्तान अध्ययनमा अब्बल थिए । छोरी जस्तै दुवै छोरालाई समेत राम्रो शिक्षा दिलाउने सञ्चिवको सपना सेतीखोचमा बिलाएको छ ।
सञ्जिवचन्द्र भट्टको घरमा आमा माया भट्ट बस्दै आएकी छिन । समाजसेवी एव काँग्रेस नेतृ समेत रहेकी मायालाई सम्झाई बुझाई गरिरहेका छन । भने आफन्त घर पसल अगाडी जम्मा भएर दुख व्यक्त गरिरहेका छन । भट्ट परिवारको एक कोपिला सहित आमाको निधनले भट्ट परिवार, आफन्त, ईष्टमित्र शोकाकुल भएका छन । समाचार तयार पारुन्जेलसम्म सुष्मा र स्कलको शवको सनाखत भएको थिएन । यद्यपी घटना स्थलबाट ६८ शव फेला परिसकेका थिए । यस अघि सोही विमानले डेमो परीक्षण गरेको थियो । चालक दलका कमल केसी, अन्जु खतिवडा, सृजना होगचुन, ओसिन आले९मगर० थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ