पुष ३० काठमाण्डौँ । प्रधानमन्त्री पचण्डले आफू चाँडै भारत जाने तयारीमा रहेको बताएका छन् ।
आज सम्पादकहरुसँग वालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद्ले पूर्णता पाएर सभामुखको निर्वाचन सकिए पछि भारत जाने जानकारी दिएका हुन् ।
प्रधानमन्त्री भए लगत्तै पनि उनले भारत जाने संकेत दिएका थिए । उनी ६५ सालमा पहिलो पटक निर्वाचित भएका बेला भने चीन भ्रमणमा गएका थिए ।
भोली सम्ममा मन्त्रीपरिषद्ले पूर्णता पाउने उनको दावी छ । राष्ट्रपति र सभामुखको निर्वाचनमा काँग्रेसलाई समेत सहमतिमा ल्याउन आफूले प्रयास गरिरहेको उनले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline