घनश्याम भुषाल भोली एकीकृत समाजवादी प्रवेश गर्ने

घनश्याम भुषाल भोली एकीकृत समाजवादी प्रवेश गर्ने

  • बिहिबार, पुस २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

पुष २८ काठमाडौं । नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।

उनी भोली शुक्रबार एक कार्यक्रमको आयोजना गरी समाजवादीमा प्रवेश गर्ने तयारी भएको हो ।

सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो २ बजे स्वघोषणा कार्यक्रम राखिएको छ ।

एमालेबाट निर्वाचन टिकट नपाएपछि भुसालले रुपन्देहीमा स्वतन्त्र उम्मेदवार दिएर संघीय निर्वाचन लडेका थिए । तर उनी निर्वाचित भने भएका थिएनन् ।

उनले एकीकृत समाजवादीलाई राखेको शर्त र प्रस्ताव माधव नेपालले स्वीकार गरेको जवाफ दिएपछि उनी समाजवादीमा जान राजी भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ