प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम गौतम सर्वसम्मत रुपमा चयन

प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम गौतम सर्वसम्मत रुपमा चयन

  • बिहिबार, पुस २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

पुष २८ विराटनगर । प्रदेश १ का सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको सर्वसम्मत निर्वाचित भएका छन्।

प्रदेशसभाको आजको बैठकले ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गौतम सर्वसम्मत निर्वाचित गरेको हो।

एमाले, राप्रपा र जसपा गठबन्धनमै रहेको र काँग्रेसले समेत उम्मेद्धार खडा नगरी सहमति जनाएकाले गौतम निर्वाचित भएका हुन् ।

एमालेका रेवती रमण भण्डारीको प्रस्तावमा एकीकृत समाजवादीका कमल जवेगु, माओवादी केन्द्रका नारायण बुर्जा मगर र राप्रपाका गोपाल बहादुर विश्वकर्माको समर्थनमा उनी सभामुख निर्वाचित भएका हुन्।

सभामुखमा गौतमको एकल उम्मेदवारी परेकाले बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य गयानन्दन मण्डलले गौतम सभामसखमा निर्वाचित भएको घोषणा गरेका थियो।

केन्द्रमा भएको सहमतिअनु्सार उपसभामुख एमालेको भागमा परेको छ। आज बस्ने प्रदेशसभा बैठकले उपसभामुखको निर्वाचनका लागि तालिका सार्वजनिक गर्ने कार्यसूची छ।

उपसभामुखको निर्वाचन आगामी ३० गतेका लागि तोकिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ