पुष २६ काठमाण्डौँ । काँग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिनु अघि संसदमा बोल्दै गुण र दोषका आधारमा सरकारलाई समर्थन र विरोध गर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथि छलफलमा भाग लिदै देउवाले सहमति र सहकार्य गर्दै अघि बढ्ने बताए ।
अहिलेको निर्वाचन प्रणाली अनुसार सरकार निर्माण गर्न गठबन्धन आवश्यक भएको बताए। उनले कांग्रेसले सरकारलाई स्थायित्वका लागि प्रचण्डलाई विश्वासको मत दिने बताए।
बहुमत सांसदसहित सत्ता साझेदार दलको समर्थनमा प्रधानमन्त्रीमा दावी गरेकाले प्रचण्डलाई विश्वासको मत पाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
प्रचण्डलाई विस्वासको मत दिए पनि आफूहरु प्रतिपक्षमै बस्ने देउवाले सदनमा जानकारी गराएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline