पुष २६ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प व्यक्त गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो कार्यकाल सोचेजस्तो नभएको, दोस्रो कार्यकालमा केही गरेको र तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प गरेकाले सहयोग गर्न सबै सांसदहरुलाई अपील गरे ।
प्रधानमन्त्री दाहालले वामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेर मात्रै मुलुकमा सार्थक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आफूले सोही बाटोबाट अघि बढने नीति लिएको बताए । उनले राजनीतिक दलहरु मिल्दा मुलुक अगाडि बढेको र नमिल्दा संकटको सामना गर्नु परेको तथ्य पनि स्मरण गराए ।
प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि प्रतिवद्ध छु । यो देशमा जतिपनि सार्थक परिवर्तन भएका छन । बामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर भएका छन । १२ बुँदै समझदारी विस्तृत शान्ति सम्झौता, संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्र हामी बीचको सहकार्यकै परिणाम हो । राष्ट्रिय संकटका संवेदनशील क्षणहरुमा पनि हामी राजनीतिक शक्तिहरु एकैठाउमा उभिदै आएका छौं । प्रचण्डले भने ।
उनले नागरिकताको समस्या ६ महिना भित्र समाधान गर्ने, एक वर्ष भित्र सहज रुपमा राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने र देशमा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न लागि पर्ने पनि प्रतिवद्धता जनाए ।