काँग्रेसले पनि प्रचण्डलाई विस्वासको मत दिने, संसद प्रतिपक्षी बिहीन

काँग्रेसले पनि प्रचण्डलाई विस्वासको मत दिने, संसद प्रतिपक्षी बिहीन

  • मङ्लबार, पुस २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

पुष २६ काठमाण्डौँ । नेपाली काँग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिने भएको छ ।

आज संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस कार्यसम्पादन बैठकले उक्त निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले बताए।

बैठकमा सरकारलाई मत दिने विषयमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले असहमति जनाएका छन्। यसै गरी अर्जुन नरसिंह केसी र प्रदीप पौडेलले पनि यो निर्णयमा असहमति राखेका छन् ।

प्रचण्डले हिजो देउवालाई भेटेर विस्वासको मत दिन अनुरोध गरेका थिए ।

प्रचण्ड प्रति सकारात्मक रहेका देउवाले पार्टीमा सल्लाह गरेर निर्णय गर्ने बचन दिएका थिए । अन्ततः देउवाले आफ्नो प्रस्ताव पार्टीबाट पारित गराँउदै विस्वासको मतका लागि तयार भएका हुन् ।

यसले संसदमा रहेका सबै जसो दलले विस्वासको मत दिने भएकाले प्रतिपक्ष बिहीन संसद बन्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ