पुष २६ काठमाण्डौँ । विभिन्न दलले विस्वासको मत सम्बन्धि निर्णय गर्न ढिलाई गर्दा संसदको बैठक २ घण्टा पर सारिएको छ । ११ बजे बोलाईएको बैठक १ बजे सारिएको हो ।
खास गरी नेपाली काँग्रेसले विस्वासको मत सम्बन्धि निर्णय गर्न ढिलाई गर्दा संसदको बैठक सारिएको हो ।
काँग्रेस पदाधीकारीको बैठकमा ठोस सहमति नभए पछि संसदीय दलको बैठक बस्दैछ । काँग्रेस भित्र देउवा र रामचन्द्र पौडेल प्रचण्डलाई विस्वासको मत दिनु पर्ने पक्षमा रहेका छन् ।
यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिने भएको छ ।
लोसपाका अध्यक्ष महन्त ठाकुरले विस्वासको मत दिन निर्देशन दिएका छन् । लोसपा यस अघि चुनावमा प्रचण्डसँगै गठबन्धनमा रहेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline