पुष २६ काठमाण्डौँ । संसदको सबै भन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिने आस्वासन दिएका छन् ।
देउवासँग विस्वासको मत माग्न प्रधानमन्त्री प्रचण्ड उनको डेरा धुम्वाराहीमा पुगेका थिए ।
त्यस क्रममा देउवाले आफू सकारात्मक रहेको भन्दै यस विषयमा पार्टीमा सल्लाह गर्ने बचन दिएका थिए ।
काँग्रेस ससंदीय दलको बैठक आज बिहान बोलाईएको छ । यो बैठकमा देउवाले विस्वासको मत सम्बन्धि निर्णय गर्न प्रस्ताव गर्नेछन् ।
गगन थापा समुह भने काँग्रेस प्रतिपक्षमा बस्न पर्ने पक्षमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline