नेपाल समाजवादीको बैठक आज, माओवादीसँग एकताका लागि वार्ता समिति बनाउने

नेपाल समाजवादीको बैठक आज, माओवादीसँग एकताका लागि वार्ता समिति बनाउने

  • आइतवार, पुस २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

पुष २४ काठमाण्डौँ । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दै छ। पार्टीको केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा बिहान ११ बजेदेखि बस्ने बैठकले माओवादी केन्द्रसँग एकताका लागि वार्ता समिति बनाउनेछ ।

समाजवादी धारको नेतृत्व गर्ने गरि विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए।

समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समिक्षा, समसामयिक राजनीतिक विषय, आगामी रणनिती लगायत एजेण्डाहरुमाथि पनि बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ ।

यस अघि हिजो मात्रै पार्टी अध्यक्ष बाबुराम भट्टराईले प्रचण्डसँग भेटेर पार्टी एकता गर्ने सहमति गरेका थिए । हिजै माओवादीले बृहत वाम एकताका लागि कृष्ण बहादुर महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ