पुष २३ काठमाण्डौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकाल नमुनाको रुपमा रहने बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको कार्यकाल चूनौतीपूर्ण अवसरको रुपमा रहेको र यस कार्यकालमा नमुना काम गर्ने बताए ।
उनले पहिलो कार्यकालमा किशानको रिण मिनाहा, सामाजिक न्याय स्थापना गर्न र नयाँ नेपालको मार्गचित्र प्रस्तुत गरेको भन्दै दोस्रो कार्यकाल सविधानको कार्यन्वयनको पहलमा वितेको र अबको कार्यकाल विकास र समृद्धिको नयाँ गति अघि बढाउनु आवस्यक रहेकोमा जोड दिए ।
उनले जनताले आशाको नजरबाट हेरिरहेको भन्दै सबैलाई साथ सहयोगका लागि अपील गरे ।उनले आफ्नो कार्यकालमा कुनै पनि गलत काम नगर्ने र गर्न नदिने समेत अठोट व्यक्त गरेका छन् ।
उनले छिट्टै शिक्षा ऐन जारी गर्ने प्रतिवद्धता जनाउदै त्यसपछि शिक्षकहरुका मुद्धा संवोधन हुने पनि आशा व्यक्त गरे ।