पृथ्वी नारायण शाहलाई सम्मान गर्दैमा राजतन्त्र फर्किने होइनः गोकुल बाँस्कोटा

पृथ्वी नारायण शाहलाई सम्मान गर्दैमा राजतन्त्र फर्किने होइनः गोकुल बाँस्कोटा

  • शनिबार, पुस २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, २३ पुस । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले पृथ्वी जयन्तीको अवसरमा सरकारले बिदा दिनु उचित भएको बताएका छन् । तर नेपाल एकीकरणका आरम्भकर्तालाई सम्मान दिँदैमा राजतन्त्र नफर्किने उनको प्रतिकृया छ ।
सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ का दिन बिदा दिने माग गरिरहेका बेला सांसद बाँस्कोटाले सो कुरा बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पृथ्वीजयन्ती पुस २७ मा राष्ट्रिय बिदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो।त्यो सरकारले दिए हुन्छ। यहाँ उस्तै परे फरवरी १४ ९भ्यालेन्टाइन्स डे० मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ ।उनी त नेपाल एकीकरणका आरम्भकर्ता हुन,उनलाई सम्मान दिँदैमा राजतन्त्र फर्कने होइन।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ