पुष २२ काठमाण्डौँ । रवि लामिछाने बिरुद्ध परेको रिटमा बहस सकिएको छ । लामिछानेको बिपक्षमा बहस गर्ने कानुन व्ययवशायीहरुले गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको जिकिर गरेका छन् ।
युवराज पौडेल र रविराज बसौलाले दायर गरेको रिटमा लामिछाने गएको आम निर्वाचनमा उम्मेदवार बन्न नै अयोग्य रहेको जिकिर गरिएको छ ।
शुक्रबारको सुनुवाइको प्रारम्भमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरू रमन कर्ण, नानीबाबु खत्री र रविराज बसौलाले बहस गरेका छन् । बहसका क्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले निर्वाचनमा उम्मेदवार बन्न नेपालको संविधानको धारा ८७ को उपधारा १ मा गरिएको कानुनी प्रबन्धअनुसार नेपाली नागरिक हुनुपर्ने स्पष्ट व्यवस्था भएकाले रवि लामिछाने सांसद बन्न अयोग्य भएको दलिल पेस गरे ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन ऐनको दफा १२ ले पनि उम्मेदवार बन्न नेपाली नागरिकता कायम भएको हुनुपर्ने भने पनि लामिछानेले उम्मदेवारी दिँदा विदेशी नागरिक भएको उनको जिकिर थियो ।
उनले बहसका क्रममा केही तथ्य प्रस्तुत गर्दै भने, ुउम्मेदवार बन्न नेपाली नागरिक हुनुपर्छ । तर रवि लामिछाने नेपालको नागरिक होइन । उनले २०५० साल फागुन १० गते जिप्रका काठमाडौंबाट पहिलो पटक नागरिकता लिएका थिए ।
त्यसपछि उनी अमेरिका गए । अमेरिकामा २०७० फागुन ९ गते त्यहाँको नागरिकता पाए । पछि २०७५ जेठ १४ मा उनले अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया सुरु गरे । तर नेपालको नागरिकता पुनः प्राप्त गर्ने प्रक्रिया भने पूरा गरेका छैनन् । त्यसैले उनी उम्मेदवारी दर्ताका बेलासम्म नेपाली नागरिक छैनन् ।
नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) मा कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएमा नेपालको नागरिकता कायम नरहने हुने उल्लेख छ ।
नेपाल नागरिकता नियमावली, २०६३ ले विदेशी नागरिकता लिएर नेपालको नागरिकता त्याग गर्नेबारे नेपालका निकायलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ ।
भण्डारीले बहसका क्रममा रविले अमेरिकाको नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेपछि उनी नेपाली नागरिकता प्राप्त गर्ने योग्यता त सिर्जना गरेका छन् तर उनले नागरिकता प्राप्त गरिसकेका छैनन् त्यसैले उनी सांसद बन्न अयोग्य छन् ।ुसन् २०१५ मा अमेरिकी नागरिक हुँदाहुँदै नेपालको राहदानी लिएर पनि लामिछानेले गैरकानुनी काम गरेको उनको तर्क थियो ।
उनले गृहमन्त्रीका रूपमा त्यो अनुसन्धानलाई प्रभावित पारेका छन् ।त्यसैले उनी त्यो पदका लागि अयोग्य छन् । सम्मानित अदालतले अन्तरिम आदेश जारी गर्नुपर्छ ।
अधिवक्ता कर्णले लामिछानेलाई पदमा बस्ने संवैधानिक अयोग्यता रहेको उनले नेपाली नागरिकलाई शासन गर्ने जिम्मा पाएको र मन्त्रीका रूपमा शासन पनि गरिरहेकाले उनीविरुद्ध सबै नेपालीले मुद्दा हाल्न पाउने जिकिर गरे ।
अधिवक्ता कर्णले लामिछानेले निर्वाचन आयोगमा बुझाएको स्पष्टीकरणले नै उनी नेपाली नागरिक नभएको प्रमाणित गर्ने दाबी गरे । उ
सांसदका रूपमा निरन्तरता दिँदा अनुसनधान प्रभावित हुने भन्दै अधिवक्ता कर्णले अन्तरिम आदेश दिन माग गरे ।
शुक्रबारको इजलासले अन्तरिम आदेश दिएमा लामिछानेको सांसद पद अयोग्य हुनेछ ।