वाम एकताका लागि वेदुराम भुषालको नेतृत्वमा एकीकृत समाजवादीले बनायो कार्यदल

वाम एकताका लागि वेदुराम भुषालको नेतृत्वमा एकीकृत समाजवादीले बनायो कार्यदल

  • बिहिबार, पुस २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

पुष २१ काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको केन्द्रीय सचिवालय बैठकले महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल सदस्य छन् ।

कार्यदलले वामपन्थीहरुसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने प्रवक्ता खतिडाले बताए ।

प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिने विषयमा भने परिस्थिति हेरेर निर्णय लिने उनले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ