बागमती प्रदेश प्रमुखद्वारा प्रदेश सरकार गठनका लागि दलहरुलाई आह्वान

बागमती प्रदेश प्रमुखद्वारा प्रदेश सरकार गठनका लागि दलहरुलाई आह्वान

  • बिहिबार, पुस २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

हेटौंडा पुष २१ । बागमती प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले यादवचन्द्र शर्माले दलहरुलाई आहृवान गरेका छन् ।

प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न भनिएको छ ।

११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक पर्छ ।

बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना सांसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी) का ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

अहिले सम्म एमाले माओवादीले नेतृत्वमा सहमति गर्न सकेको छैन । राप्रपाले समेत मुख्यमन्त्रीमा दावी गर्दा ठूला दल अप्ठ्यारोमा परेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ