पुष १९ काठमाण्डौँ । जनता समाजवादी पार्टी जसपा नेपालले राजनीतिक दल र सङ्गठनहरुसँग एकता सम्बन्धमा वार्ता गर्नका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
राजनीतिक समितिको बैठकले राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति बनाएको हो । वार्ता समितिले माओवादी र एकीकृत समाजवादीसँग एकताका लागि वार्ता गर्नेछ ।
सो समितिको सदस्यहरुमा रकम चेमजोङ र गोविन्द चौधरी रहेका छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग एकताबारे अनौपचारिक छलफल गरिसकेका छन् ।
सरकारले पूर्णता पाउने बित्तिकै वार्तालाई अगाडि बढाउने पार्टी स्रोतले जनाएको छ । त्यस्तै, सङ्घीय परिषद् र केन्द्रीय सदस्यहरूको भूमिकाबारे छानबिन गर्नका लागि शिवलाल थापा मगरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी गराए ।