पुष १८ काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालयको कार्य विवरणबारे जानकारी लिन सरकारका सचिवहरूसँग छलफल गरेका छन् ।
सचिवहरूको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्री दाहालले मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने कार्यतालिका छ ।
तेस्रोपटक प्रधानमन्त्रीमा चयन भएपछि प्रचण्डले पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई बोलाई त्यसका कामकारबाहीको विवरण लिएका हुन् ।
छलफलको क्रममा सचिवहरुले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरुले भोग्नु परेका समस्याबारे प्रधानमन्त्री दाहाल समक्ष ब्रिफिङ गरेका थिए । प्रधानमन्त्रीले भोली पनि सचिवहरुसँग छलफल गरेपछि निर्देशन दिने तयारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline