राहदानी बनाउन काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गृहमन्त्रीको निर्देशन

राहदानी बनाउन काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गृहमन्त्रीको निर्देशन

  • सोमवार, पुस १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

काठमाडौं, १८ पुस । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्न निर्देशन दिएका छन्।

बिहान ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखसँग आज बिहान भएको भर्चुअल बैठकमा गृहमन्त्री लामिछानेले जिल्लाबाटै राहदानी र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने वातावरण बनाउन निर्देशन दिएका हुन्।

राष्ट्रिय परिचयपत्र एवं राहदानी वितरणमा सहजीकरण गरी काठमाडौं आउनु नपर्ने वातावरण सिर्जना गरौं,त्यसका लागि गृहको पूर्ण साथ रहन्छ। उपलब्ध सबै प्रयत्न र नवप्रवर्तनकारी उपायहरू अवलम्बन गर्नुहोस्, गृहमन्त्री लामिछानेले भने ।

यस्तै गृहमन्त्री लामिछानेले चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्न पनि ७७ जिल्लाकै सीडीयोहरुलाई निर्देशन दिएका छन्। सकेसम्म छिटोछरितो ढंगले जनताका काम गर्न सीडीयो र प्रहरी अधिकारीहरुलाई उनले निर्देशन दिएका हुन्।

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले गृहमन्त्री लामिछानेले सहज ढंगले जनताको काम गर्न सीडीयो र सुरक्षा अधिकारीलाई निर्देशन दिएको जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ