पुष २२ मा संसदका ज्येष्ठ सदस्य राणाले बोलाए सर्वदलीय बैठक

पुष २२ मा संसदका ज्येष्ठ सदस्य राणाले बोलाए सर्वदलीय बैठक

  • सोमवार, पुस १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

पुष १८ काठमाण्डौँ । संघीय संसद् सचिवालयले पुस २२ गते सर्वदलीय बैठक आह्वान गरेको छ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सर्वदलीय बैठक बोलाएका हुन्।

सभामुखको भूमिकामा रहेका राणाले प्रतिनिधि सभाको बैठक सञ्चालन, बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँड लागयतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्।

हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व भएको छ भने पाँचजना स्वतन्त्र सांसद विजयी भएका छन्।

यस अघि सांसदहरुलाई राणाले शपथ खुवाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ