सरकारमा जाने विषयमा नेकपा एस अझै अनिर्णित, पोलिटब्युरो बैठकले निर्णय गर्ने

सरकारमा जाने विषयमा नेकपा एस अझै अनिर्णित, पोलिटब्युरो बैठकले निर्णय गर्ने

  • आइतवार, पुस १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

पुष १७ काठमाडौं । नेकपा एकीकृत समाजवादीले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न पोलिटब्युरो बैठक बोलाएको छ। आज बसेको स्थायी कमिटिको बैठकले सरकारमा जाने वा नजाने विषयमा ठोस निर्णय गर्न सकेन ।

पार्टी कार्यालय तीनकुनेमा आइतबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले सोमबार पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको हो।

बैठकपछि समाजवादीका सम्मानीत नेता झलनाथ खनालले वर्तमान परिस्थितिका बिषयमा गहन रूपमा बैठकमा छलफल भएको जानकारी दिए।

नयाँ गठबन्धन खिचडीजस्तो भएको र नीति तथा कार्यक्रमका बारेमा केही थाहा नभएको अवस्थामा सरकारमा जाने वा नजाने विषयका कुनै निर्णय नभएको र पर्ख र हेरको अवस्थामा रहेको उनले बताए।

उनले पोलिटब्युरो बैठकमा पनि सरकारका बारेमा छलफल हुने र आवश्यक निर्णय गर्ने जिकिर गरे।

त्यस्तै समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सोमबार पार्टीको पोलिटब्युरो बैठक बस्ने र निष्कर्ष निकालेपछि समसामायिक राजनीतिक परिस्थितिमा धारणा सार्वजनिक गर्ने बताए। उनले पार्टी एकता बजार हल्लामात्रै भएको र दुवैतर्फबाट कुनै छलफल नभएको जिकिर गरे।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ