काठमाडौँ पुष १७ , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ रेल निर्माण प्रक्रिया चाँडो सम्पन्न गर्न चीन सरकारसमक्ष अपिल गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटनपछि प्रधानमन्त्री दाहालले चीनको लगानीका ठूला परियोजनाहरुले नेपाली युवाहरुको रोजगारी र समृद्धिको आकांक्षा पूरा हुने बताए ।
अहिले चीनले नाकाहरु खोल्ने र रेलवे निर्माणका लागि सर्वे प्रक्रिया अघि बढाएको छ । अन्य ठूला परियोजना अघि बढेको छ, प्रधानमन्त्रीले भने, म चीन सरकारसँग अपिल गर्न चाहान्छु यसलाई गति दिएर सम्पन्न गरेर नेपाली युवाहरुका लागि रोजगारी सिर्जना गर्ने र नेपाली जनताको समृद्धिको आकांक्षा पूरा गर्ने सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्न चाहान्छु ।
हाल चीनीया टोली केरुङ काठमाण्डौँ रेलमार्ग निर्माणको फिल्ड सर्वेमा जुटेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline