एकीकृत समाजवादीको स्थायी समितिको बैठक बस्दै , सरकारमा जाने नजाने निर्णय हुने

एकीकृत समाजवादीको स्थायी समितिको बैठक बस्दै , सरकारमा जाने नजाने निर्णय हुने

  • आइतवार, पुस १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

पुष १७ काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी ) को स्थायी कमिटीको बैठक बस्दै छ।

शनिबारबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको बैठक आज पुनः बस्नेगरी स्थगित भएको थियो।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक स्थगित गरिएको हो।

शनिबारको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका थिए। आज बिहान ११ बजेबाट पुनः बैठक सुरु हुने पार्टी सचिवालयले जनाएकाको छ।

वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा आइतबारको बैठकमा विभिन्न कोणबाट छलफल गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।।

शनिबारको बैठकमा भनाई राख्नेमध्ये केहीले निर्वाचनमा जनताले प्रदान गरेको अभिमतबाट आफ्नो पार्टी प्रतिपक्षमा बसेर ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक विकृतिका विरुद्ध क्रियाशील हुनुपर्ने, निर्वाचनमा पार्र्टीले उल्लेख्यता सफलता कायम गर्ने अपेक्षा गरिएकामा कम उपलब्धी हासिल भएकाले केहीले सरकारमा सहभागी भएर पनि जनताको सेवा गर्दै सङ्गठन सुदृढीकरणमा लाग्नुपर्नेजस्ता सुझाव दिएका छन्।

आज सरकारमा जाने नजाने विषयमा पार्टीले औपचारीक निर्णय गर्ने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ