प्रचण्ड नेतृत्वको सरकार लामो समय टिक्दैनः प्रकाशशरण महत

प्रचण्ड नेतृत्वको सरकार लामो समय टिक्दैनः प्रकाशशरण महत

  • शनिबार, पुस १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

पुष १६ लमजुगं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रचण्ड नेतृत्वको बर्तमान सरकारको आयु लामो नरहेको दावी गरेका छन् ।

आज एकता तथा मेलमिलाप दिवसको अवसरमा लमजुगंमा आयोजित कार्यकममा बोल्दै अवसरको लागि मात्र अहिलेको गठबन्धन बनेकाले यो लामो समय टिक्न नसक्ने ठोकुवा गरे ।

गठबन्धनको निरन्तरताको शुभकामना दिँदै नेता महतले वार्ता टोलीमा बसेका साथीहरूले प्रचण्डको वैकल्पिक सोँचका साथ अन्य पार्टीसँग समानान्तर वार्ताको समयमै यकिन मूल्यांकन गर्न नसक्दा गठबन्धन टुटेको प्रष्ट्याए।

नेपाली कांग्रेस पार्टी सरकारमा नगएको अवस्थाले नेपाली कांग्रेसका आम कार्यकर्ताहरूमा निरासाजस्तो देखिएपनि पार्टीलाई मजवुतका साथ संगठन, विचार र नीति केन्द्रित गरी अघि बढ्ने अवसर मिल्ने विश्वास दिलाए।

नेपाली कांग्रेस बर्दिया जिल्ला सभापति अरुणप्रकाश सिंह राठौरको अध्यक्षमा आयोजित विचार गोष्ठीमा कांग्रेसका केन्द्रीय सदस्य गोपाल दहित, संजयकुमार गौतम, जावेदा खातुन, प्रदेश सांसद भुवनेश्वर चौधरीलगायत पार्टीका जिल्ला, प्रदेस स्तरका नेताहरूले विचार राखेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ