मेरो तेस्रो कार्यकालमा भाषण कम र जनताको काम बढी गर्ने अठोट गरेको छु : प्रचण्ड ( भिडियो सहित )

मेरो तेस्रो कार्यकालमा भाषण कम र जनताको काम बढी गर्ने अठोट गरेको छु : प्रचण्ड ( भिडियो सहित )

  • शनिबार, पुस १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

पुष १६ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा भाषण भन्दा जनताको काम बढी गर्ने अठोट गरेको बताएका छन् ।

आज चितवनमा नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा काम गर्ने बताका हुन् ।

प्रधानमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला चितवन पुगेका दाहालले भने, मैले यो पटक हरेक दिन देश, जनता, सुशासन र विकासको पक्षमा काम गर्दै जाने प्रतिज्ञा गरेको छु । नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधनभ गर्दै जाने प्रतिबद्धता लिएको छु । मेरो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेर प्रतिबद्धता गरेको छु ।

मैले यसपटक भाषण कम, काम र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु , प्रचण्डले भने ।

समृद्धि र सुसासनको नयाँ युग शुरु गर्न सबैलाई एकतावद्ध हुन प्रचण्डले अपील पनि गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ