पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान आइतबारबाटै सुरु हुने, हिमालयको पहिलो ‘डेमो’ उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान आइतबारबाटै सुरु हुने, हिमालयको पहिलो ‘डेमो’ उडान

  • शनिबार, पुस १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

पुस १६, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारबाट सञ्चालनमा आउने भएको छ । आन्तरिक उडान आइतबारबाटै सुरु हुने भए पनि अन्तर्राष्ट्रिय उडान भने पछाडि धकेलिएको छ ।

पोखराबाट भारतको बनारसमा पहिलो अन्तर्राष्ट्रिय उडान भर्न बुद्ध एयरले प्रक्रिया अगाडि बढाएको थियो । आइतबार ‘डेमोन्स्ट्रेसन’ उडान र मार्चदेखि नियमित उडान भर्ने बुद्ध एयरको योजना रहेपनि भारतीय पक्षबाट अनुमति नमिल्दा हाललाई अन्तर्राष्ट्रिय उडान धकेलिएको हो ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि कम्पनीले दुई साता अघि नागरिक उड्डयन प्राधिकरणमा निवेदन बुझाएको थियो । प्राधिकरणले परराष्ट्र मन्त्रालयमार्फत भारतीय पक्षलाई पत्राचार गरेको थियो। पहिलो प्राथमिकता अन्तर्राष्ट्रिय उडानतर्फ नै रहेपनि स्वीकृति नआइ सुरु गर्न नमिलेको बताए ।

विमानस्थलको आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् । पहिलो उडान हिमालय एयरलायन्सले एयरबस –३२० मार्फत पहिलो डेमो गर्ने भएको छ ।

उनका अनुसार विमानस्थलको क्षमताअनुसार हिमालय एयरलाइन्सको एयरबस ३२० जहाज भने आइतबार काठमाडौंबाट पोखरा आउने भएको छ । आइतबार बिहान ७ बजे केही मिनेटको फरकमा बुद्ध र यति एयरलाइन्सका जहाज नवनिर्मित विमानस्थलमा ओर्लने छन् । प्राधिकरण र पोखराका पर्यटनसँग सम्बन्धित संघ संस्थाले ती जहाजबाट आउने यात्रु र चालक दललाई स्वागत गर्ने छन् । बिहान ११ बजे प्रधानमन्त्री दाहालले विमानस्थलको औपचारिक उद्घाटन गर्ने छन् । विभिन्न जातजातिको झाँकी र्‍याली विमानस्थलमा हुने छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नयाँ विमानस्थलबाट पहिलो उडान अन्तर्राष्ट्रिय होस् भन्ने व्यवसायीले चाहँदाचाहँदै पनि प्रयास सफल हुन नसकेको बताए ।

नयाँ विमानस्थलबाट बुद्ध, यति, गुण, सौर्य र श्री एयरलाइन्सले दैनिक उडान भर्ने छन् । विमानस्थल हाल दिउँसो मात्रै सञ्चालन हुने छ । फेब्रुअरीबाट भने राति पनि सञ्चालनमा आउने छ । पुरानो विमानस्थलबाट केही समय जोमसोम चल्ने साना जहाज, हेलिकोप्टर र अल्ट्रालाइट सञ्चालन हुने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ