पुष १५ काठमाण्डौँ । नेपालस्थित कार्यवाहक चिनियाँ राजदूत वाङ् सिनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेका छन्।
भेटमा कार्यवाहक राजदूत वाङ्ले चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्को बधाई सन्देश हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पत्रमा चिनियाँ प्रधानमन्त्री लिले नेपालको शान्ति र स्थिरताका लागि एक असल छिमेकी र मित्रराष्ट्रको नाताले निरन्तर सहयोग गर्ने बताएका छन्।
पत्रमा चिनियाँ प्रधानमन्त्री लिले प्रचण्डलाई कार्यकाल सफलताको पनि कामना गरेका छन्।
‘तपाईँको नेतृत्वमा बनेको सरकारले नेपालको आर्थिक विकासमा चाल्ने प्रयासमा चीनले पुरा साथ दिनेछ’ उनले पत्रमा भनेका छन् ।
यस अघि आजै आजै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए। उनले सो अवसरमा मोदीको तर्फबाट बधाई सन्देश हस्तान्तरण गरेका थिए ।
हिजो बिहीबार अमेरिकी राजदूत डिन आर थम्पसनले भेटेर बधाई दिएका थिए ।
पाकिस्तान लगायतका अन्य मुलुकले पनि प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका छन् ।