कम्बोडियाको क्यासिनोमा आगलागीमा परेर एक नेपालीको निधन

कम्बोडियाको क्यासिनोमा आगलागीमा परेर एक नेपालीको निधन

  • शुक्रबार, पुस १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ पुष १५ । कम्बोडिया र थाइल्यान्डको सिमानानजिकै रहेको पोइपेटस्थित एक क्यासिनोमा भएको भीषण आगलागीका क्रममा एक नेपालीको समेत मृत्यु भएको छ ।

उनी झापाका ४० वर्षीय निराकार पाण्डे रहेका छन् ।

कम्बोडियामा पर्ने ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा २४ जनाको मृत्यु भएको थियो ।

अहिले पाण्डेको शब थाईल्याण्डको दुतावास मार्फत नेपाल पठाउने तयारी भएको छ ।

बिर्तामोड(१‚ झापाका पाण्डेले मृत्यु हुनुअघि आफ्नो परिवारलाई भाइबरमार्फत भिडियो कल गरेर आफ्नो अवस्थाबारे जानकारी गराएका थिए । भिडियो कलमा आफू उक्त क्यासिनोको १२ औं तलामा रहेको र अब त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको बताएका थिए । परिवारले भने त्यसो नगर्न र उद्धारका लागि अपिल गर्न आग्रह गरेका थिए । उनले आफ्नो छोरालाई सम्बोधन गर्दै भनेका थिए‚ ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु । जहाँ भए पनि‚ जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु । आर्मन इज द बेस्ट है सानु ।’

उनी एक महिना अघि मात्रै कम्वोडिया पुगेका थिए ।

उक्त क्यासिनोका सबै कोठाका ढोकाहरूमा विद्युतीय प्रणाली जडान गरेकाले आगलागी भएपछि विद्युत् अवरुद्ध भएको र कोठामा रहेका मानिस त्यहाँबाट बाहिर निस्कन नसकेकाले धेरै मानिसहरूको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरले जनाएका छन् ।

त्यस क्यासिनोमा करीब ४ सय मानिस कार्यरत रहेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी