रामसहाय प्रसाद यादव भए जसपा संसदीय दल नेता

रामसहाय प्रसाद यादव भए जसपा संसदीय दल नेता

  • बुधबार, पुस १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

पुष १३ काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध चयन भएका छन् ।

संसदीय दलको नेतामा दाबी गर्दै आएका अशोक राई पछि हटेपछि उनी निर्विरोध निर्वाचित भएको सांसद नवलकिसोर साहले जानकारी दिए ।

यादव जसपा अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र हुन्। उनी बारा २ बाट निर्वाचित भएका थिए ।

उनलाई संसदीय दलको नेता बनाउन अध्यक्ष यादवले पहल गरिरहेका थिए । बुधबार पनि सांसदहरूलाई टेलिफोन गरेर यादवलाई निर्विरोध नेता चयनमा सघाउन अध्यक्ष उपेन्द्रले आग्रह गरेका थिए ।

प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ