काठमाडौं, ९ पुस । गृह मन्त्रालयले कोभिड -१९ को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य प्रोटोकल पालना गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहहरू लगायतलाई निर्देशन दिएको हो।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति जारी गर्दै ती निकायलाई सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, एक अर्कामा भौतिक दुरी कायम राख्ने, व्यक्तिगत सरसफाई लगायत आवश्यक स्वास्थ्य प्रोटोकल पालना गर्ने व्यवस्था मिलाउन अनुरोध गरेका छन्।
कोभिड १९ को संक्रमण नेपालमा कम हुँदै गएतापनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्र लगायत केही देशहरूमा संक्रमणका नयाँ स्वरूप (भेरियन्ट) देखापरेको र सो को जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सुसूचित हुन आवश्यक रहेको विज्ञप्तिमा जनाइएको छ।