प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना सकियोः ओली

प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना सकियोः ओली

  • शनिबार, पुस ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

पुस ९, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यष्क्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भएको दाबी गरेका छन् । काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा बोलदै ओलीले निर्णय लिन ढिलो गरेकाले माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रधानमन्त्री बन्ने चाहना अब पूरा नहुने दाबी गरेका हुन् ।
सरकार गठनका लागि दलहरूबीच कसरत भइरहेका बेला प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेका अध्यक्ष ओलीले दाहालले पधानमन्त्री बन्ने चाहना राखेको भएपनि उक्त निर्णय गर्न ढिला गरेको बताए ।

उनले कुनै पनि कामको सीमित समय रहने र समय घर्किएपछि त्यसको औचित्य सकिने प्रसंग जोड्दै दाहाल प्रधानमन्त्री बन्ने समय सकिएको जिकिर गरेका हुन् ।

ओलीले भने, ‘म देख्छु कतिपय इच्छा गरिरहेका छन् । पुष्पकमल दाहालजी प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ । तर उहाँले मलाई लाग्छ ढिलो गर्नुभयो, निर्णय गर्न ढिलो गर्नुभयो  उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा हुन चाहनुभएन ।’

अरु नेताहरूले पनि समयमा निर्णय लिन सकेनन् भने मुलुक मध्यावधि निर्वाचनतिर जाने ओलीको दाबी थियो ।

एमालेले सरकार गठनका लागि कांग्रेस नेतृत्वको गठबन्धन छोडेर आउन माओवादी केन्द्रसामु प्रस्ताव राखेको थियो । माओवादीले भने सुरुमा गठबन्धनबाटै प्रधानमन्त्री प्राप्तिका लागि प्रयास गर्ने भनेर एमालेको प्रस्तावलाई महत्व दिएको थिएन । कांग्रेसले आफ्नै नेतृत्वमा गठबन्धनको सरकार गठन हुनुपर्ने अडान लिइरहेको छ भने माओवादीका अध्यक्ष दाहालले पनि आफू पहिलो चरणमा प्रधानमन्त्री बन्नुपर्ने अडान छोडेका छैनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समय तोकेकी छन् । उक्त समय घर्किनै लाग्दा राजनीतिक दलहरू आआफ्नो रणनीतिमा अगाडि बढेका छन् । यसबै बखत संसद्को दोस्रो ठूलो दल एमालेका अध्यक्ष ओलीको अभिव्यक्ति आएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ