सांसदको शपथ लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा

सांसदको शपथ लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा

  • शुक्रबार, पुस ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौं, पुस ८ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्।

नेकपा एकीकृत समाजवादीबाट धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका पाण्डेले शपथ खाएको भोलीपल्ट मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।

मंसीर ४ को चुनावबाट उनी प्रतिनिधि सभा सदस्य भएपछि मुख्यमन्त्रीबाट राजीनामा दिन दबाब परेको थियो ।

उनी २०७४ को चुनावमा प्रदेश सभा सदस्य भएका थिए। पाण्डेले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्। उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा पत्र बुझाएका हुन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ