पुष ७ काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।
सांसदहरुले बिहिबार पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संसद् भवनमा शपथ ग्रहण गराएका छन् ।
त्यस अघि राणाले राष्ट्रपतिसँग शपथ लिएका थिए ।
नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।
आजको शपथमा १७ जना सांसद अनुपस्थित भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline