काँग्रेस संसदीय दलको नेता चयनका लागि मतदान जारी

काँग्रेस संसदीय दलको नेता चयनका लागि मतदान जारी

  • बुधबार, पुस ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

पुष ६ काठमाण्डौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान जारी छ। सभापति शेर बहादुर देउवा र गगन थापाबीच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा चल्दैछ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान ८ बजेपछि मतदान सुरु भएको हो।

मतदान सकिएपछि आजै मतगणना र परिणाम घोषणा हुने कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ।

दलको चुनावअघि देउवाका पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधिले साथ दिने बताइसकेका छन्। पौडेल त देउवाको उम्मेदवारीमा प्रस्तावकसमेत हुन्।

त्यसैगरी, महामन्त्री थापाको पक्षमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र काठमाडौं–५ बाट विजयी प्रदीप पौडेलसहित उभिएका छन्।

अहिलेसम्मको अवस्थामा देउवाका पक्षमा ५६ र थापाका पक्षमा ३३ जना सांसद देखिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ