पुष ५ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेकका राजनीतिक दलहरू स्वार्थ, लेनदेन र गठबन्धनका आधारमा चलेको भन्दै चिन्ता जनाएका छन् ।
नवनिर्वाचिन सांसदहरुलाई बधाई तथा शुभकामना दिन काठमाडौंको कमलादीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले स्वार्थ र लेनदेनका आधारमा पार्टी र सरकार चल्दा देश गंभीर अस्थीरतातर्फ गएको बताए ।
उदेश्य विपरीत ढंगले विकास र सुसासनलाई कमजोर पार्ने गरी सरकार गठन हुन लागेको भन्दै उनले चिन्ता जनाए ।
उनले जनप्रतिनिधिले साँच्चैको भुमिका खेल्न जरुरी रहेको भन्दै पार्टीको नीति र निर्देशनअनुसार संसद र संसद बाहिर पनि भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline