काँग्रेस संसदीय दलको नेताका लागि आज उम्मेद्धारी दर्ता हुँदै

काँग्रेस संसदीय दलको नेताका लागि आज उम्मेद्धारी दर्ता हुँदै

  • मङ्लबार, पुस ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

पुष ५ काठमाण्डौँ । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गरिने भएको छ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए ।

उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ । बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान गर्नु पर्नेछ ।

संसदीय दलको नेतामा ८९ जना सांसदहरुको ५१ प्रतिशत बहुमत आवस्यक पर्दछ । त्यसका निम्ती प्रधानमन्त्री एवं सभापति देउवासँग बहुमत सांसद रहेको भनिएको छ ।

यही बेला शेखर कोईराला र गगन थापा भने एक आपसमा समझदारी नगर्दा अझै कमजोर हुने स्थितिमा देखिएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ