पुष ४ काठमाण्डौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शहरीया मध्यम वर्गका कारण देशमा अस्थीरता पैदा हुने खतरा बढेको दावी गरेका छन् ।
सोमवार काठमाडौंमा आयोजित नगरपालिका संघको ८ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रादेशिक संरचनाको विरोध गर्नु देशलाई अस्थिरताको भुमरीमा फसाउने प्रयोगशाला बनाउने खेती भएको समेत टिप्पणी गरे ।
महासचिव पोखरेलले शहरिया मध्यम वर्गका कारण मुलुकमा अस्थिरता निम्तिन लागेको बताए । उनले देशमा स्थिरता कायम गर्न असन्तुष्ट शहरिया मध्यम वर्गलाई सन्तुष्ट पार्नुपर्नेमा जोड दिए। उनले शहरिया मध्यम वर्गमा विचलन देखा परेको बताए।
उनले शहरिया मध्यम वर्गभित्र विचलन देखा पर्नु परिवर्तन नभएर बिचलन भएको बताए । यो भन्ने आँट नगर्नेले समाजको नेतृत्व गर्न नसक्ने पोखरेलको भनाई छ ।
उनले कहीँ पनि प्रदेश बिनाको शासन नभएको भन्दै संघीयतामा झनै प्रदेश आवश्यक रहेको बताए।
नेपालको तीन तहको संघीय ढाँचा संघीयताको विशिष्ट मोडेल भएको उनको भनाई छ।