म प्रधानमन्त्री बन्न सबै कुरा दाउमा लगाउन सक्दिन : प्रचण्ड

म प्रधानमन्त्री बन्न सबै कुरा दाउमा लगाउन सक्दिन : प्रचण्ड

  • सोमवार, पुस ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

पुष ४ चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्रीका लागि औपचारीक रुपमा दावी नगरेको स्पष्ट पारेका छन् ।

आज चितवनमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले देशको नेतृत्व गर्ने अवसर आए लिने तर आफूले औपचारीक रुपमा दावी गरिनसकेको बताएका छन् ।

उनले अहिले सम्म आफूले धेरै पटक अरुलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर बनाएको भन्दै आफू प्रधानमन्त्री बन्न सबै कुरा दाउमा लगाउन नसक्ने स्पष्ट पारे ।

उनले प्रधानमन्त्री को बन्ने भन्ने विषयमा गठबन्धनभित्रैबाट टुंगो लाग्ने पनि दावी गरे ।

पछिल्लो परिस्थितिका बारेमा एमाले सहित राप्रपा, रास्वपा, सिके राउतको पार्टी लगायतकासँग पनि छलफल हुने गरेको उनको भनाई छ ।

गठबन्धन भित्रैबाट राष्ट्रपति, प्रधानमन्त्री, सभामुख जस्ता पदहरुमा सहमति हुने प्रचण्डले विस्वास व्यक्त गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ