पुष ३ काठमाण्डौँ । नेपाली काँग्रेसले केन्द्र र प्रदेशहरुमा समेत आफ्नै नेतृत्वमा सरकार गठनका लागि संवाद थाल्ने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संसदको सबै भन्दा ठुलो दलको हैसियतले आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि अन्य दलहरुसँग छलफल शुरु गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
सरकारको नेतृत्वमा माओवादीले समेत दावी गर्दै आएको छ ।
यसैबीच संसदीय दलको नेताको निर्वाचनका लागि डा. भीष्मराज आग्देम्वेको नेतृत्वमा तीन सदस्यीय समिति समेत काँग्रेसले बनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline