३ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले पनि पहिलो चरणमा प्रधानमन्त्रीमा दाबी गरेकाले त्यो विषयमा समेत आज छलफल हुने बताईएको छ ।
यसै गरी संसदीय दलको नेता छान्न निर्वाचनको बिषयमा समेत आजको बैठकमा छलफल हुनेछ ।
काँग्रेस भित्र संसदीय दलको नेतामा देउवा मुख्य दावेदार रहेका छन् भने गगन थापाले समेत उम्मेद्धारी दिने बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline