काँग्रेसकै नेतृत्वमा सरकार बनाउन देउवासँग पार्टीका सांसदहरुको माग

काँग्रेसकै नेतृत्वमा सरकार बनाउन देउवासँग पार्टीका सांसदहरुको माग

  • शनिबार, पुस २, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

पुष २ काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सांसदहरूले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । शनिबार बालुवाटारमा आयोजित चियापन कार्यक्रममा नवनिर्वाचित सांसदहरूले प्रधानमन्त्री देउवालाई दबाब बढाएका हुन्।

अहिले सरकारको नेतृत्वमा काँग्रेस र माओवादी दुवैको दावी छ ।

ुप्रचण्डजीले प्रधानमन्त्री दाबी गर्नुभएको छ। यसलाई हामीले स्वभाविकरूपमा लिएका छौं। तर ठूलो दलको हैसियतले कांग्रेस नेतृत्व पाउनु उपयुक्त हुन्छ, पार्टी प्रवक्ता प्रकाशशरण मतले भने।

उनले गठबन्धनभित्र अन्य दलहरू भएकाले दाबी विरोध हुनु स्वभावित भएको बताए।

कांग्रेस नेता एनपी साउदले पनि पहिले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए। ुप्रधानमन्त्री पदमा आलोपालो हुनुपर्छ। यसमा कांग्रेस लचक छ। तर ठूलो दलको हैसियतले पहिले कांग्रेसले नेतृत्व पाउनुपर्छ, उनले भने।

संसदीय दलको नेता छान्न कांग्रेसले कार्यसम्पाद समितिको बैठक भोलि बोलाएको छ। बुधबार हुने संसदीय दलको निर्वाचनका लागि समिति बनाउन बैठक बोलाएको महामन्त्री गगनकुमार थापाले जानकारी दिए।

काँग्रेस भित्र संसदीय दलमा शेखर कोईराला , गगन थापा समेतले प्रधानमन्त्री देउवालाई चूनौती दिने तयारी गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ