पुष १ काठमाण्डौँ । एकाएक पूर्व प्रधानन्यायधीश खिलराज रेग्मी र प्रधानमन्त्री शेर बहादुर देउवाबीचको अर्थपूर्ण भेटले राष्ट्रपति बनाउन खोजिएको अनुमानसँगै त्यसको चौतर्फी बिरोध शुरु भएको छ ।
रेग्मी प्रधानन्यायधीशबाट अवकाश लिएपछि प्रधानमन्त्री समेत बनाईएका थिए । त्यही आधारमा उनी राष्ट्रपति समेत बन्न तम्सिएको लख काटिएको छ ।
तर काँग्रेस, एमाले माओवादी भित्रबाट त्यसको बिरोधमा दबाब बढेको छ ।
माओवादी महासचिव देव गुरुङले गैर राजनीतिक पृष्टभूमिका व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने र त्यो संभव नरहेको बताए ।
संवाद डवलीमा शुक्रबार आयोजित कार्यक्रममा गुरुङले काँग्रेस र माओवादीको गठबन्धन कायम रहे एउटाले सरकार र एउटाले राष्ट्रपति पाउनु पर्ने तर्क पनि पेश गरे ।
उता काँग्रेस भित्रै पनि रामचन्द्र पौडेल सहितका नेताहरु रेग्मीलाई राष्ट्रपति बनाउन नहुने भन्दै पार्टी भित्र दबाब सृजना गर्न लागि परेका छन् ।
यस विषयमा सभापति देउवा भने खुलेर बोलेका छैनन् ।