जापानले आज काँग्रेस नेता रामचन्द्र पौडेललाई विभूषण प्रदान गर्ने

जापानले आज काँग्रेस नेता रामचन्द्र पौडेललाई विभूषण प्रदान गर्ने

  • बिहिबार, मंसिर २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

मंसीर २९ काठमाण्डौँ । जापान सरकारले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई आज विभूषण प्रदान गर्ने भएको छ।

जापानले ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सनु विभूषणबाट पौडेललाई सम्मान गर्ने यसअघि नै घोषणा गरेको थियो ।

पौडेललाई आज काठमाडौंस्थित जापानी दूतावासले अपरान्ह ३ बजे विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको छ।

विदेशी नागरिकलाई दिइने यो सम्मान जापान सरकारको सर्वोच्च सम्मानमध्ये पर्छ। जापानका सम्राट मेइजिले सन् १८७५ मा यो विभूषणको स्थापना गरेका थिए। जापानले विशिष्ट व्‍यक्तिहरूलाई वर्षमा दुई पटक यो सम्मान दिने गर्छ, जसमा विदेशी नागरिक कम पर्छन्।

पौडेललाई सभामुख हुँदाका बेला गरेका काम र त्यसपछि जापान–नेपाल सम्बन्धका लागि यो विभूषण दिन लागिएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ