रेशम चौधरी आजै छुट्ने भन्दै कार्यकर्ता माला लिएर जेलको ढोकामा, तर चौधरी तत्काल रिहा नहुने

रेशम चौधरी आजै छुट्ने भन्दै कार्यकर्ता माला लिएर जेलको ढोकामा, तर चौधरी तत्काल रिहा नहुने

  • सोमवार, मंसिर २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

मंसीर २६ काठमाण्डौँ । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेपछि उनी आजै छुट्ने अनुमान सहित कार्यकर्ताहरु जेलको ढोकामा फुलमाला लिएर पुगेका छन् । तर जेलमा अहिले सम्म उनलाई छाड्ने पत्र पुगेको छैन । स्रोतका अनुसार चौधरी आजै छुट्ने संभावना कम छ ।

सरकारले ल्याएको अध्यादेश कार्यान्वायनमा गए पनि उनी छुट्न केही दिन लाग्ने गृह मन्त्रालयका अधिकारीले बताए ।
अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि बल्ल कार्यान्वयनमा जानेछ। त्यसपछि मुद्दा फिर्ता लिनका लागि सम्बन्धित अदालतबाट सहमति लिएर सरकारले फेरि निर्णय गर्नुपर्ने हुन्छ।

टीकापुर हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका चौधरी विगत पाँच वर्षदेखि कारागारमा छन् । हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा उनको पार्टीले तीन र स्वतन्त्र एक गरी चार सिट जितेको छ।

नयाँ बन्ने सरकारलाई समर्थन गर्न चौधरीले आफूमाथिको मुद्दा फिर्ताको माग राख्दै आएका छन्। सोहीअनुसार सरकारले फौजदारी कार्यविधि अपराधसंहिता नै संशोधन गरी राजनीतिक आन्दोलनसँग जोडिएका जस्तोसुकै गम्भीर प्रकृतिका मुद्दा पनि फिर्ता लिन सक्ने प्रावधान राख्न लागेको हो ।

अहिले काँग्रेस भित्रैबाट पनि यसको बिरोध भईरहेको छ भने अन्य क्षेत्रबाट पनि विरोध शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ