टीकापुर घटनाका मुख्य दोषी ठहर भएका रेशम चौधरीलाई रिहा गर्ने सरकारको तयारीप्रति गगन थापाको आपत्ति

टीकापुर घटनाका मुख्य दोषी ठहर भएका रेशम चौधरीलाई रिहा गर्ने सरकारको तयारीप्रति गगन थापाको आपत्ति

  • सोमवार, मंसिर २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

मंसीर २६ काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टीकापुर घटनामा मुख्य दोषी ठहर भएर डिल्ली बजार जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्न अध्यादेश ल्याउन गरेको सरकारको तयारीलाई गलत भएको बताएका छन् ।

उनले सरकारले गरेको गलत निर्णयको भारी पार्टीले बोक्न नसक्ने भन्दै अध्यादेशबारे कांग्रेसको धारणा स्पष्ट रहेको पनि बताएका प्रष्ट पारेका छन्।

महामन्त्री थापाले विगतमा पार्टीले पटक–पटक अध्यादेश ल्याउनु गलत भनेर निर्णय गरिसकेको स्मरण गरउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ।’

सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राखेको धारणा शत प्रतिशत सही भएको उल्लेख गर्दै उनले उक्त धारणा पार्टीकै धारणा र मान्यता भएको पनि स्पष्ट पारेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ