हत्या आरोपमा जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्ने तयारी गरेपछि काँग्रेस भित्रबाटै बिरोध शुरु

हत्या आरोपमा जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्ने तयारी गरेपछि काँग्रेस भित्रबाटै बिरोध शुरु

  • सोमवार, मंसिर २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

मंसीर २६ काठमाण्डौँ । टिकापुरको हत्याकाण्डको आरोपमा आजीवन कारावासको सजाय काटिरहेका रेशम चौधरी लगायत राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको सत्तारुढ दल नेपाली कांग्रेस भित्रैबाट बिरोध शुरु भएको छ ।

काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेश ल्याउने सरकारको निर्णयप्रीत आपत्ति जनाउदै पार्टीहरुबीच छलफल नै नगरी अध्यादेश ल्याएको भन्दै बिरोध गरेका छन् ।

शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सडकमा छँदा जे सत्य, संसदमापनि त्यही नै सत्य त्यसैले सार्वजनिक दर्ज होस् असहमति‘ संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रूपले गलत 1 कानुनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ ! ’

रेशम चौधरी सहित विप्लव समुह र सिके राउतका कार्यकर्ता छाड्ने तयारीका साथ अध्यादेश ल्याउने सरकारले आईतबार निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ